आज थप २ हजार २३९ जना कोरोना, २० जनाको मृत्यु

प्रकाशित मिति :  154 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना र एन्टिजेन विधिबाट ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया