करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  546 पटक हेरिएको

काठमाडौँ । करेन्ट लागेर रौतहटका एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको राजपुर नगरपालिकाका-३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

रिजमादलाई दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

तपाईको प्रतिक्रिया