प्रदीप रोदनको गजल

प्रकाशित मिति :  215 पटक हेरिएको

गर्दैछु कल्पना शीतलको म थार बाट!
जन्मिन्छ हर उज्यालो जो अन्धकार बाट!

कस्तो छु सोध्छ भन्थे चाहेन सोध्न सायद,
ऎना किनेर ल्यायो उसले बजार बाट!

सोचेँ खुशीहरूको कति हुन्छ आयु बाँच्ने,
भुइँमा खस्यो त्यहीपल टीका निधार बाट!

माया बगर कि पानी के हो प्रिया नदीको?
के आउनेछ उत्तर अर्को किनार बाट!

खस्ला बरू हुरीले,असिनाले चोट लाग्ला,
उड्दैन रंग कहिल्यै,फूलको मुहार बाट!

प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया