मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  394 पटक हेरिएको

मकवानपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही जिल्लाको मनहरी गाउँपालिका-३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

गएराती हेटौँडाबाट बस्तिपुर तर्फगइरहेको वाग्मती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडी सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुङ्गामा ठोक्किएर अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते कार्कीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया