अम्बिका कार्कीको गजल

प्रकाशित मिति :  286 पटक हेरिएको

जोखना हेर्नुस् न चामल पनि छ जोखनाको लागि
ज्योतिष बा ! म के दिउँ उनलाई सम्झनाको लागि

नाक कान बुच्चै बनाएर निकालिदिन्छन् घरबाट
कत्तिले यसरी नै सासू पालेकाछन् गहनाको लागि

कि छोरी जन्मनासाथ दाइजो कमाउन सुरु गरौं
कि प्रतिकार गर्न सक्ने बनाउँ यातनाको लागि।

ऊ चोकमा बसेर चिच्याइ – चिच्याइ रोइरहेकोछ
आफैले आफैलाई चिमोटेर समवेदनाको लागि

त्यही सुचना पाटी हुँदै बहिनीलाई कोठी पुर्‍याइयो
त्यहीँ बहिनीको फोटो छ हराएको सुचनाको लागि

तपाईको प्रतिक्रिया