साढे दुई सय किलो अवैध गाँजा बरामद

प्रकाशित मिति :  234 पटक हेरिएको

काठमाडौँ । वीरगञ्जबाट प्रहरीले दुई सय ४७ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

सोमबार वीरगञ्ज –२४ स्थित आईसीपी जाने सडकबाट गाँजा बरामद भएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै भारततिर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको बताए । उनका अनुसार प्रहरीले बरामद गरेको गाँजा २३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको थियो ।

आईसीपी हुँदै गाजा भारततर्फ लैजाँदै गरेको भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा बरामद भएको हो । चालक भने फरार भएका छन् ।

तपाईको प्रतिक्रिया