लोकतन्त्र मेरो लागि जीविका होइन जीवन हो: ओली

प्रकाशित मिति :  192 पटक हेरिएको

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र आफ्नो लागि जीविका नभएर जीवन भएको बताएका छन् ।

सिंहदरबार छाड्नुअघि आज देशवासीको नाममा सम्बोधन गर्दै उनले आफ्नो जीवनको अधिकांश समय लोकतन्त्रको लागि नै समर्पित गरेको बताउँदै लोकतन्त्र आफ्नो लागि जीविका नभएर जीवन भएको बताएका हुन् ।

उनले भने ,’ मैले आफ्नो स्वार्थको लागि काम गर्नुपर्ने दिन कहिल्यै आएन् । मैले मेरो सारा जीवन लोकतन्त्रको संरक्षण र रक्षाको लागि बिताएको छु । त्यसैले मेरो लागि लोकतन्त्र जीविका होइन, जीवन हो ।’

आगामी दिनमा पनि कर्तव्य पालनामा निरन्तर रहने बताउँदै ओलीले सरकारले देशको विकास र सार्वभौम सत्ताको विषयमा काम गरेकोले विपक्षीले सरकार हटाएको आरोप समेत लगाएका छन् ।

उनले भने , ‘विश्वमा पहिलोपटक सम्मानित अदालतबाट पहिलोपटक प्रधानमन्त्री हटाइयो र प्रधानमन्त्री तोकियो । कतिपयको लागि यो यतिहासिक कदम पनि भयो होला । तर यसको नतिजा आउन बाँकी छ ।’

तपाईको प्रतिक्रिया