अम्विका कार्कीको गजल

प्रकाशित मिति :  171 पटक हेरिएको

लाग्छ आफै बोक्सी हुन् आफै धामी हुन्
भोकको रोगी र डाक्टर ज्यामी हुन्

जसले गर्छन् अर्काको चियोचर्चा
वास्तवमा उनीहरू बेकामी हुन्

दुलहा र दुलहीको मृत्यु भयो
बसमा जन्ती हुन् कि मलामी हुन् ?

आफूलाई मात्र जान्दछन् जसले
ती सबै समाजका प्रतिगामी हुन्

नक्साको देशमा खुशी हुने नेपाली
भुटानी , बर्मेली र असामी हुन्

बिरामी होइनन् भट्टीमा पुगेका
अस्पतालमा पुगेका बिरामी हुन्

तपाईको प्रतिक्रिया