आज थप १ हजार ८७५ जनामा कोरोना, २१ जनाको मृत्यु

प्रकाशित मिति :  202 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

त्यस्तै, कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् । हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया