सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  226 पटक हेरिएको

आँखामा भरिएका सपनिलाई बगाउँन सकिनँ,
आशुले दुखी पीडितलाई गुन लगाउन सकिनँ।

पुग्यौँ मरुभूमिमा पसिनाको मूल लिएर हामी,
जीवन भरिको पौरखले दुःख भगाउँन सकिनँ।

रगत पोखेँ पोखेँ पसिना पनि आर्काको देशमा,
मुर्झायो यो आफ्नो मनसमेत जगाउँन सकिनँ।

पुस्तौपुस्ता अर्कैको लागि बगायौँ रगत पसिना,
तर मैले त गरिबिलाई थोरैपनि डगाउँन सकिनँ।

अब त सुकिसकेछ आँखामा मूल पनि आँशुको,
मन मष्तिकको कष्ट बगेर सगाउँन सकिनँ।

तपाईको प्रतिक्रिया