आज थप ३ हजार १०८ जनामा कोरोना, २५ जनाको मृत्युु

प्रकाशित मिति :  23 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लाे २४ घण्टामा ३१०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा ३१०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा २५ जनाको मृत्युु भएको छ भने १५९५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया