टी-२० सिरिजमा इंग्ल्याण्डद्वारा पाकिस्तान पराजित

प्रकाशित मिति :  24 पटक हेरिएको

काठमाडौँ । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा जीत हाँसिल गरेको छ ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जितेको हो ।

पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो।म्यानचेष्टरमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्लयाण्डका लागि ओपनर ज्यासन रोएले ३६ बलमा १२ चौका र एक छक्का मद्दतमा सर्वाधिक ६४ रन बनाए । यस्तै डेविड मलानले ३१ रन योगदान गरे । पाकिस्तानमा मोहम्मद हाफिजले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ओपनर मोहम्मद रिजवानको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

विकेटकिपर जवानले ५७ बल खेल्दै पाँच चौका र तीन छक्का मद्दतमा अवजिति ७६ रन बनाए । फकार जमानले २४ रन जोडे । बलिङमा इंग्ल्याण्डमा एदिल रसिदले चार विकेट लिएका हुन् ।

तपाईको प्रतिक्रिया