प्रदीप रोदनको गजल

प्रकाशित मिति :  144 पटक हेरिएको

यो जिन्दगी आ-आफ्नो बिशेषता हो हेर्नुस्।
पानी छेक्दैन बिस्कुन सुकाउने मान्द्रो हेर्नुस्।

ठिक छ रहेछ मिलन भने कतै फेरि भेटौँला,
अहिलेलाई सक्नुहुन्छ त फरक बाटो हेर्नुस्!

झुठको ताला देखिन्छ मान्छेको अनुहारमा,
हजुर हेर्न मन लागे एकपटक साँचो हेर्नुस्।

मलाई किन बराबर बनाउँदै हुनुहुन्छ तपाईं,
कोही होचो नभए कोही हुन्न अग्लो हेर्नुस्।

बचपन फर्किन्न बचपना फर्काउन सकिन्छ,
पिँढीको खाँबोमा अझै छ झलुङ्गो हेर्नुस्।

© प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया