चितवनमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  267 पटक हेरिएको

काठमाडौँ । चितवनमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको हो ।

माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव भेटिएको हो ।

तपाईको प्रतिक्रिया