एकैदिन २ हजार ७१४ जनामा कोरोना, २४ जनाको मृत्यु

प्रकाशित मिति :  206 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।

यस्तै मृतकको कुल संख्या ९ हजार ६६१ पुगेको छ।

 

तपाईको प्रतिक्रिया