आज थप ३ हजार ११४ जनामा कोरोना, १६ जनाको मृत्यु

प्रकाशित मिति :  199 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् भने थप १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया