आज थप २ हजार २३७ जनामा कोरोना, १८ जनाको मृत्यु

प्रकाशित मिति :  82 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण गर्दा २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।

तपाईको प्रतिक्रिया