सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  93 पटक हेरिएको

मलाई कसैको पनि बनावटी प्यार चाहिदैन,
आश छैन कसैको पनि हार गुहार चाहिदैन।

सानैमा पक्षि जस्तै उडेर परदेश आएको हुँ,
हिफाजतकैलाई बनावटी औजार चाहिदैन।

कर्तब्य पुरागर्न सके सकेन त्यो छुट्टै कुराहो,
स्वार्थलाई जाल झेल गर्ने आधार चाहिदैन।

मर्नेबेला नि आफ्नै पसिनाको कात्रो किन्ने हुँ,
हात पाखुरा छँदा त कसैको सुसार चाहिदैन।

जीवन परदेशमा बित्यो प्राण देशलाई दिन्छु,
अब देशको दुश्मनहरु अनि गद्धार चाहिदैन।

अभाबमा जीन्दगि बित्यो हरेश खाँदै खादैनौ,
ठिकलाई ठिक भन्नेहरुलाई सत्कार चाहिदैन।

तपाईको प्रतिक्रिया