शिरीष ढकालको गजल

प्रकाशित मिति :  136 पटक हेरिएको

सोचेको हरेक कुरा सजिलो कहाँ हुन्छ र ?
हेर्नुस् सबै मानिस विश्वासिलो कहाँ हुन्छ र?

एउटै कुरा अनगिन्ती शीर्षकमा आउँछन् ,
हो ती सबै खबर पत्यारिलो कहाँ हुन्छ र ?

खाना त खाएकै हुन्छन् अल्छीहरूले पनि,
मेहनतको खानाझैं स्वादिलो कहाँ हुन्छ र ?

ठूलो पहाड गालेर झार्न सक्छ वर्षातले,
तर त्यही पानीले ढुङ्गा गिलो कहाँ हुन्छ र ?

हिम्मत चाहिन्छ प्रेममा घात सहन सक्ने,
हर कोही शिरीष झैँ आँटिलो कहाँ हुन्छ र?

© शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया