बढ्यो कोरोना संक्रमित दर, २५ जनाको मृत्युु

प्रकाशित मिति :  43 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुलुकमा लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन्  भने २५ जनाको मृत्युु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट  ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया