हेटौँडाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति :  47 पटक हेरिएको

मकवानपुर । मकवानपुर हेटौँडाका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने सुरज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मकवानपुर जिल्ला अदालत हेटौँडाको मिति २०७७ पुस २३ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना कैद र रु २५ हजार जरिवाना तोकिएको फरार लामालाई मकवानपुर प्रहरीले हेटौंडा १० बाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई अदालत उपस्थित गराई भिमफेदी कारागार पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया