भौतिक उपस्थितिमा पठनपाठन नगराउन हेटौँडा उपमहानगरको आग्रह

प्रकाशित मिति :  81 पटक हेरिएको

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगराउन आग्रह गरेको छ ।

हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनिएको छ ।

हाल सम्म पनि कोभिड-१९ संक्रमणको जोखिम रहेकोले नगर भित्रका केहि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको सूचना प्राप्त भएकोले भौतिक उपस्थिति गराई पठनपाठन कार्य नगराउन सूचना जारी गरिएको हेटौँडा उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत गंगाधर रिमालले बताए ।

 

तपाईको प्रतिक्रिया