हेटौँडा उपमहानगरपालिकाद्वारा नि:शुल्क शव वाहन सेवा

प्रकाशित मिति :  191 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाद्वारा नि:शुल्क शव वाहन सेवा सुरु गरेको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्र भित्रमा अस्पताल अथवा घरमा कसैको मृत्यु भएमा आर्यघाट सम्म पुर्याउनका सजिलो होस् भन्ने उद्धेश्यले निशुल्क शव वाहन सेवा सुरु गरिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो ।

उपमहानगरपालिका क्षेत्रमा कसैको मृत्यु भएमा पोष्टमार्टमका लागि पनि अस्पताल सम्म पुर्‍याउन पनि शव वाहनले सेवा दिने मेयर महतले बताए ।

तपाईको प्रतिक्रिया