चोरीको आरोपमा एक युवक पक्राउ

प्रकाशित मिति :  158 पटक हेरिएको

काठमाडौँ । बाँकेमा स्कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको बार बर्दिया नगरपालिका-९ बैदीका उमेश चौधरीलाई पक्राउ गरेको हो ।

उनले प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे ७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया