अम्बिका कार्कीको गजल

प्रकाशित मिति :  543 पटक हेरिएको

प्रतियोगिता थियो दौडिएको कारण
प्रथम भइन खुट्टा भाँचिएको कारण

केही बन्न सकिन म हेलाँ भएपछि
ढुंगा भगवान बन्यो पुजिएको कारण

जंगलमा त्यही रुख किन काटियो ?
रुख बाङ्गो नभएर सोझिएको कारण

यसरी अस्तित्व गुम्छ निर्भर नहोऊ
नदी छैन सागरमा मिसिएको कारण

रित्तो हुनु ,भरिनु पनि हो भनेको सुन्थेँ
मेरा सबै टाढिए म रित्तिएको कारण

तपाईको प्रतिक्रिया