तोलामा ३०० रुपैँयाले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  237 पटक हेरिएको

काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार नेपाली बजारमा सुन तोलामा ३०० रुपैँयाले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ । हिजो बुधबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुन प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो ।

यता चाँदीको मूल्यमा वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ । हिजो बुधबार १ हजार २५५ रुपैँयामा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया