आज थप ३ हजार ३६५ जनामा कोरोना, १६ जनाको मृत्यु

प्रकाशित मिति :  177 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया