मकवानपुरको सामरी खोला किनारमा एक महिला मृत फेला

प्रकाशित मिति :  217 पटक हेरिएको

मकवानपुर । मकवानपुरको सामरी खोलाको किनारमा एक महिला मृत अवस्थामा फेला परेको छ ।

मकवानपुरगढी- ६ बस्ने ४२ वर्षीया तुलसी माया घलान मकवानपुरगढी वडा नम्बर ४ स्थित सामरी खोलाको किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बुधबार साँझ दुध पुर्याएर घर फर्किने क्रममा घलानलाई सामरी खोलाले बगाएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

शव पोष्ट मार्टमका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया