अम्बिका कार्कीको गजल

प्रकाशित मिति :  206 पटक हेरिएको

एउटा निष्कर्ष निकालौँ अब विचारबाट
भ्यागुता किन निस्कँदैन यो इनारबाट

कोही दानी छन् कोही यतिसम्म किन भए?
आखिर सबैले त जानुपर्छ संसारबाट

सबैको भरोसा गर्न सकिदैन यत्ति बुझौँ
एकदिन बेइमान ठगिन्छ बफादारबाट

थाहा पाइदैन मन हराएको सुचनाहरू
सुन हराएको थाहा हुन्छ अखबारबाट

दाइ सँग बहिनीलाई नपठाउनु आमा
कोही कोही मात्र फर्केका छन् बजारबाट

तपाईको प्रतिक्रिया