मकवानपुरमा एक जनाले गरे झुन्डिएर आत्महत्या !

प्रकाशित मिति :  159 पटक हेरिएको

मकवानपुर । मकवानपुरको मनहरीमा एकजनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका- ३ का ५२ वर्षीय अशोक भट्टले आज बिहान आफ्नै घरको गोठमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया