मकवानपुरमा लागु औषधसहित एक जना पक्राउ

प्रकाशित मिति :  233 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडाबाट ५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ
सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका- १६ बस्ने ३२ वर्षीय अजितकुमार न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौँडा उपमहानगरपालिका वडा नम्बर स्थित माउन्ट एभरेस्ट होटलबाट ३९ पुरियामा उक्त लागुऔषध पदार्थसहित न्यौपानेलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया