आज थप ३ हजार ३८३ जनामा कोरोना, २४ को मृत्यु

प्रकाशित मिति :  191 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया