मालपोत कार्यालयमा बेहोस भएर लडेकी वृद्धाको मृत्यु

प्रकाशित मिति :  232 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडा- २ स्थित मालपोत कार्यालयमा बेहोस भएर लडेकी वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका- ६ सामरिकी ७८ वर्षीया पञ्चमाया गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

मालपोत कार्यालयमा आज दिउँसो लाइनमा बेहोस भएर ढलेकी वृद्धाको मृत्यु भएको जनाएको छ ।

वृद्धा अंशबण्डाको जग्गा पासको लागि केही दिनदेखि धाइरहेकी थिइन् । शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया