काठमाडौँ । आगामी साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ ।
कोरोना संक्रमण बढिरहेकाले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिश गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले टवीटमार्फत जानकारी दिए ।
मन्त्रालयको सिफारिसपछि यही साउन ३१ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा के गर्ने भनेर निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिबार बस्ने भएको छ ।
बोर्डले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोल लगाउन आग्रह गर्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो ।