अन्जिता राउतका चार मुक्तक

प्रकाशित मिति :  414 पटक हेरिएको

१.
जितको बदलामा सँदा हार सहिरहेकी छु
सोच्दै नसोचेका पीर व्यथा अपार सहिरहेकी छु
सबको सामु झुटो मुस्कान छरी एकान्तमा रुँदै
जीन्दगीले दिएका चोट बारम्बार सहिरहेकी छु।।

२.
कमाएपछि थोरै धन तर्कनेहरु धेरै भेटेँ
बनाएर पत्थर झैँ मन तर्कनेहरु धेरै भेटेँ
छर्केर आलो घाउमा नुन चुक बनेर पराई
पीडामा डुबाएर झन तर्कनेहरु धेरै भेटेँ।।

३.
होला जिन्दगीको यात्रा यति कठिन सोचेकै थिइनँ
हुनुपर्ला जीवनभरसफलता विहीन सोचेकै थिइनँ
आधा उमेर नपुग्दै यो संसारदेखि हार खानुपर्यो
यति छिटै आउला र रुनुपर्ने दिन सोचेकै थिइनँ।।

४.
नलिइकन चिन्ता भोग्दै ~दु:ख पीर हिँडिरहेकी छु
उकाली ओरालीसङ्गै अप्ठ्यारो भिर हिँडिरहेकी छु
यो मुटुभरि रगत जमेर~पसिनाले सबै तन भिजेनि
सहेर चोट नसम्झी अभागी तक्दिर हिँडिरहेकी छु।।

© अन्जिता राउत
नेचा सल्यान ५ सोलुखुम्बु
हाल भक्तपुर

तपाईको प्रतिक्रिया