फ्रेन्च लिग वान फुटबलमा पीएसजीले गर्‍यो विजयी सुरुआत

प्रकाशित मिति :  310 पटक हेरिएको

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा ट्रोएसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको नवौं मिनेटमा वालिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,१९ औं मिनेटमा आचार्फ हाकिमीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । ट्रोएसले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

अर्को खेलमा लियोन र ब्रिस्टले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

तपाईको प्रतिक्रिया