मकवानपुरमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  240 पटक हेरिएको

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा आफै अनियंत्रित भइ दुर्घटना हुँदा सुमो चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा चारजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा भारत ज्ञानवाद बस्ने १४ वर्षीय रोनक कुमार , १७ वर्षीय शंकर कुमार , २० वर्षीय विशाल कुमार , र १८ वर्षीय शिबशक्ती कुमार रहेका छन् ।

घाइतेहरुको उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया