एकैदिन २ हजार ५४८ जनामा कोरोना, ५५ जनाको मृत्यु

प्रकाशित मिति :  240 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया