झरनामा चिप्लेर लड्दा एक जनाको मृत्यु

प्रकाशित मिति :  382 पटक हेरिएको

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- १ ठाडो खोलामा रहेको मोहिनी झरनामा चिप्लेर लड्दा एक जनाको मृत्यु भएको छ ।

शनिबार मोहिनी झरना घुम्न आएका पाँचथर घर भइ हाल काठमाडौँ नागर्जुन ३ बस्ने अन्दाजी २३ वर्षीय सन्देश राई चिप्लेर झरना तल रहेको जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

तपाईको प्रतिक्रिया