एकैदिन थप ३ हजार ६५१ जनामा कोरोना, २२ जनाको मृत्यु

प्रकाशित मिति :  251 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया