काठमाडौँ । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुलले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काए ।
खेलको १४ औं मिनेटमा ओसासुनाका जेसुस एरिसोले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो ।
२१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए । यस्तै, खेलको ४१ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा ओसासुनाका किकेले एक गोल फर्काएपनि लिभरपुल ३-१ ले विजयी भयो ।