कल्पना भुसालको गजल

प्रकाशित मिति :  226 पटक हेरिएको

यस्तै हो जिन्दगी भन्नु उतारचढावले सताइरहन्छ
नदिलाई पनि त धमिलो बनाउन बाढी आइरहन्छ

बगिरहनु निरन्तर केहि गर्दैनन् यि खुट्टा तान्नेहरु
बाटोमा आउने फोहोर नदिले किनारा लगाइरहन्छ

पानी माथिको ओभानो बन्न छोड्यौ आफ्नै बाटो
आखिर तिम्रो हैसियत व्यवहारको ऐना देखाइरहन्छ

पुग्ने कहाँ, गर्ने के खै ,बाँच्ने कति केहि ठेगाना छैन
बौँडाइको तालमा पटक ,पटक समयले नचाइरहन्छ

पानी बनेर आएथ्यौ ,आगो बनेर गएकै हौ जान पनि
अझै ति तिम्रा यादका बाँकी झिल्काले जलाइरहन्छ

© कल्पना भुसाल ,कल्पित

तपाईको प्रतिक्रिया