देवराज ढकालको गजल

प्रकाशित मिति :  185 पटक हेरिएको

छैन अरु चाहाना जिन्दगीले यति दियोस्
श्वास बचाउने क्रममा यो श्वास सकियोस्

झरे यी मेरा आँखाहरुबाट झरोस् झरी
उसले लगाएको त्यो गाजल नपुछियोस्

कुजिएर बस्नुपरे स्वंयम आफैं बस्नेछु
उसका पैतालाहरु टाढासम्म दौडियोस्

दुखैदुख मात्र मेरो भागमा नि नलेखिएला
तर सुखैसुख उसको भागमा लेखियोस्

भेटियोस् बरु महलमा साम्राज्यमा
बाटोमा छुटिएका बाटोमा नभेटियोस्

© देवराज ढकाल
सूर्यगढी नुवाकोट नेपाल

तपाईको प्रतिक्रिया