आज थप ३ हजार ९१५ जनामा कोरोना, २७ जनाको मृत्यु

प्रकाशित मिति :  171 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया