प्रशान्त वाग्ले ‘प्राकृतिक’को गजल

  अस्मिता प्रकाशित मिति :  911 पटक हेरिएको

सुरुमा राख्दिनँ भन्छ तर आखिरमा राख्छ
मान्छे जीवनमा हारेपछि फूल मन्दिरमा राख्छ

तिमी माया गर्ने मान्छेलाई मनमा राख्दैनौ
पेन्सिल आफ्नो शत्रुलाई पनि शिरमा राख्छ

कसैलाइ माया गर्नु , चाहानु बेकार छ
नचाहेको मान्छे भगवानले तक्दिरमा राख्छ

तिमीले ममा भएको नराम्रो मात्र देख्यौ
बुझेनौ, गुलाबले फूल अनि काँडा पनि शरीरमा राख्छ

© प्रशान्त वाग्ले प्राकृतिक
हिलिहाङ पाँचथर

तपाईको प्रतिक्रिया