मकवानपुरगढी स्थित ज्यामिरे खोलाको पक्की पुल उद्घाटन

प्रकाशित मिति :  176 पटक हेरिएको

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ज्यामिरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गरिएको छ ।

मकवानपुरगढी -५ मा रहेको ज्यामिरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन आज शनिबार बिहान बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले गरेका हुन् ।

संघ प्रदेश र स्थानीय तहको सहयोगमा निर्माण गरिएको यो पुल तोकिएको समय भन्दा छिटो निर्माण सम्पन्न भएको हो । यो पुल निर्माण पश्चात् साविक आमभञ्ज्याङ र मकवानपुरगढिका जनजीवनमा महत्त्वपूर्ण भूमिका खेलेको र स्थानीय बजार प्रवर्द्धन र सामुदायिक विकास , यातायातको जस्ता विविध कामको लागी यो पुलको महत्त्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष जित बहादुर घिमिरेले बताए ।


उदघाटन कार्यक्रममा मकवानपुरगढी गाउँपाकिका अध्यक्ष विदुर हुमागाईँ , राजनीतिक दलका प्रतिनिधि , संघ संस्था ,बुद्धिजीवी , पत्रकार , कर्मचारी लगायत स्थानीयको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया