शिरीष ढकालको गजल

प्रकाशित मिति :  317 पटक हेरिएको

फेरि त्यही इतिहास लेखिँदैछ यहाँ,
रामैलाई वनबास लेखिँदैछ यहाँ ।

उराठ उराठ लाग्ने मौसमलाई पनि,
हेर्नुहोस मधुमास लेखिँदैछ यहाँ ।

साधारण भन्न पनि जो लायक छैन,
उसैलाई पो त खास लेखिँदैछ यहाँ ।

घृणाका केही भावहरू झल्किन्छ प्रष्टै,
तैपनि प्रेमको आभाष लेखिँदैछ यहाँ ।

भाव पक्ष नै टाढा राखेर आजकल ,
शब्दहरूका विन्यास लेखिँदैछ यहाँ ।।

© शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया