पवनदीपले जिते इन्डियन आइडलको उपाधि

प्रकाशित मिति :  235 पटक हेरिएको

काठमाडौँ । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् ।

आइतबार भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्। उनले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कारसमेत जितेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

गायनमा मात्र नभएर उनी वाद्यवाधनमा पनि उत्तिकै पोख्त छन् । उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।

तपाईको प्रतिक्रिया