विजया दशमीको अवसरमा साविक ‘आग्रा स्तरीय’ फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति :  621 पटक हेरिएको

रामचन्द्र मोक्तान, मकवानपुर । मकवानपुरको थाहानगरपालिका- ७ स्थित किटेनी चौर महादेवखर्क फुटबल मैदानमा विजया दशमीको अवसरमा साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

२०७८ सालको विजया दशमीको शुभ अवसर पारि देउखेल युवा विकास क्लबको आयोजनामा आउँदो असोज महिनाको २६ गतेबाट साविक आग्रा स्तरीय फुटबल प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक बल बहादुर गोङ्बाले जानकारी दिए ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ शुभ विजया दशमीको अवसरमा फुटबल प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक गोङ्बाले बताए ।

प्रतियोगिताको प्रथम स्थान हुने टिमले नगद रु ५० हजार तथा शिल्ड, मेडल ,प्रमाणपत्र , दोस्रो हुने टिमले नगद रु २५ हजार , शिल्ड , मेडल ,प्रमाणपत्र र तेस्रो हुने टिमले नगद रु १५ हजार , शिल्ड , मेडल , प्रमाणपत्र प्राप्त गर्ने छन् ।

टिम दर्ताका लागि रु ५ हजार तोकिएको छ भने टिम दर्ता गर्नका लागि अन्तिम मिति असोज २५ गते दिउँसो ४:०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया