लख्खु सिंहको गजल

प्रकाशित मिति :  505 पटक हेरिएको

भन न जीवन कस्तो हुन्छ सधैं हाँसेर बाँचेको
मलाई त के थाहा दुखैदुख सम्हालेर बाँचेको

लाग्छ जिन्दगीमा कि हावा हुनु कि पानी हुनु
किनकि हेर्न मन छ आफ्नै छाँयाले छोडेर बाँचेको

छोरा म त बुढेसकालमा बोझ भए ठिकै छ
तर तिम्रै खुशीका लागि हो म मरेर बाँचेको

ए कर्णाली किन आत्तिन्छस् कोही मरेको छैन
राजधानीमा सालीक छ तँलाई सम्झिएर बाँचेको

म साच्चै मान्छेको ठोसो हुँ दुईमत नगर प्रीया
एकदिन लाग्ने छ मेरै लागि घाट पर्खेर बाँचेको

महोदय म यति छिट्टै मालीक कसरी भए
लाग्छ हिजो मात्रै गाउँमा भोट मागेर बाँचेको !!!

तपाईको प्रतिक्रिया